सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मन्त्री अर्यालको छड्के अनुगमनपछि नेपाल आँखा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडि हल

प्रकाशित समय: सोमवार, ०९ : ५६ बजे पुष २३ गते



मन्त्री अर्यालको छड्के अनुगमनपछि नेपाल आँखा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडि हल

काठमाडौं । नेपाल आँखा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडि हलको स्तरोन्नती गरिएको छ ।

 

भुमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले सोमबार एक कार्यक्रमकाबिच नया ओपिडि हलको उद्घाटन गर्नुभयो ।

 

उहाँले अस्पतालको अवलोकनपछि पत्रकारहरुसंग कुरागर्दै आफुले पहिले स्वास्थ्यराज्यमन्त्री भएको अवस्थामा छड्के अनुगमनगर्दा अस्पतालको केही कमी कमजोरी पाएको स्मरण गराउदै अहिले भने अस्पतालले बिरामीको सेवासुविधालाई ध्यानमा राखेर धेरै सुधार गरेको बताउनुभयो ।

 

मन्त्री अर्यालले नेपाल आखा अस्पतालले मात्र नभइ अन्य अस्पतालले पनि दुर दराजका जनतालाई उच्च स्तरिय सेवा दिनुपर्ने र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई गुणस्तरिय सेवा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

 

उहाँले अस्पताल परिसरमा रहेको गुठीको जग्गा अस्पतालको सेवा विस्तारका लागि सरकारले उपलब्ध गराउने पनि घोषणा गर्नुभयो । मन्त्री अर्यालले अस्पतालमा आँखा परिक्षण पनि गर्नुभएको थियो ।

 

यसैगरि अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन घलेले खर्च अभावमा कोही पनि आखाका विरामी बिना उपचार घर फर्किनुनपर्ने बताउदै विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने गरेको बताउनुभयो ।

 

अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सेवा दिइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

अस्पतालका सञ्चालक समितीका अध्यक्ष विश्वकान्त मैनालीले अस्पतालले आँखाको पर्दा सम्बन्धि शल्यक्रिया, कन्ट्याक्ट लेन्स सेवा, जलविन्दु, मोतिविन्दु सल्यक्रियालगायत आधुनिक प्रविधिसहित सेवा दिइरहेको जानकारी गराउनुभएको थियो ।

 

अस्पतालले ७० लाख रुपैयाँको लगानीमा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडि हलको स्तरोन्नती गरेको हो ।