सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २६ जेठ २०८० / Friday, 09 June 2023

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय



प्रकाशित समय: बुधवार, ०२ : ०८ बजे बैशाख २० गते



क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

 

आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको छ ।खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

 

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको छ ।