सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

बलेफी कपको उपाधि आयोजक बलेफीले उचाल्यो

प्रकाशित समय: आइतवार, ०६ : ५० बजे पुष २९ गते



बलेफी कपको उपाधि आयोजक बलेफीले उचाल्यो

सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाको आयोजनामा  भएको जिल्ला स्तरीय फुटबलको उपाधी बलेफी गाउँपालिकाले नै हात पारेको छ।

 

। आइतबार बसन्तपुर खेल मैदानमा भएको  फाइनल खेलमा आयोजक बलेफी गाउँपालिकाले सुनकोशी गाउँपालिकालाई ३–२ गोल अन्तरमा हराउँदै उपाधी आफ्नो पोल्टामा  पारेको हो । 

 

फाइनल खेलको २१ औ मिनेटमा बलेफीका राजकुमार घिसिङले सुरुवाती गोल गरे । दोस्रो हाफको केही समय पछि बलेफी गाउँपालिकाकै लक्ष्मण विकले अर्काे गोल गरेर आफ्नो टिमलाई २ गोलको अग्रता दिलाएका थिए । त्यस्तै बलेफी गाउँपालिकाका लागि तेस्रो गोल आकाश तामाङले गरे । ३ गोललले पछि परेका सुनकोशी गाउँपालिकाले दोस्रो हाफको केही मिनटेको अन्तरमा २ गोल गरेर खेलमा फर्किने प्रयास गरेको थियो ।

 

सुनकोशीका लागि आवस योञ्जन र क्रिजल खड्काले गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच बलेफी गाउँपालिकाकै आकाश तामाङ घोषित भएका थिए ।

 

प्रथम हुने बलेफी गाउँपालिकाले नगद १ लाख, दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ पुरस्कार पाए ।

 

विजयी खेलाडीहरुलाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले पुरस्कार वितरण गरेका थिए ।

 

बसन्तपुर खेल मैदानमा पुस २२ देखि प्रतियोगिता सुरु भएको थियो ।