डोटी, खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक c गरिएको छ ।
हरेक वर्ष बढ्दै गएको खाद्य सङ्कटले समस्या उत्पन्न भइरहेका बेला उन्नत बिउबिजनको प्रवद्र्धन गरी उत्पादनमा वृद्घि गर्दै खाद्य सङ्कटको अवस्था आउन नदिन दीर्घकालीन लक्ष्यका साथ जैविक विविधता संरक्षण मञ्च लिबर्ड नामक एक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा डोटीको जोरायल गाउँपालिका–१ गैरामा बिउ बैंक स्थापना गरिएको हो ।
जैविक विविधता संरक्षण तथा विकास समितिले सञ्चालन गरेको बिउ बैंक डोटीमा मात्र नभई सुदूरपश्चिम प्रदेशमै पहिलो भएको र खाद्य सङ्कट न्युनीकरणसँगै कृषकको गरीबी न्यूनीकरण गर्ने बैंकको लक्ष्य रहेको समितिका सदस्य पदम थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्य सङ्कट न्यूनीकरणको नौलो अवधारणका रूपमा लिइएको बिउ बैंंक स्थापना कार्यको थालनी गैराबाट गरेका छौँ”, सम्भवत खाद्य सङ्कट हट्ने छ ।
स्थानीय कृषकको पहलमा गैरामा स्थापना गरिएको बिउ बैंकले उन्नत जातका तथा स्थानीयस्तरका बिउलाई प्रोत्साहन गर्दै खाद्य सङ्कट न्यूनीकरण गर्ने लक्ष्य लिएको र बिउ बैंकबाट जिल्लाभित्र तथा जिल्ला बाहिर उन्नत बिउ निर्यात गरिने लिर्बडका परियोजना अधिकृत विजयराज देवकोटाले बताउनुभयो ।
बैंक सञ्चालनको सम्पूर्ण स्वामित्व स्थानीय सञ्चालन समितिलाई नै भएको र बैंकबाट समूहका कृषकलाई आधा मूल्यमा उन्नत बिउ उपलब्ध गराइने पनि परियोजना अधिकृत देवकोटाले बताउनुभयो । बिउ उत्पादनपछि बैंकले नै कृषकबाट खरिद गरी जम्मा गर्ने छ । जम्मा गरिएको उन्नत जातको बिउ गाउँपालिकाभरि तथा जिल्लाभित्र वितरण गरिने लक्ष्य लिइएको छ ।
बिउ बैंक स्थापना गर्नु अगाडि त्यस क्षेत्रको अन्न सम्भाव्यता लगायत विभिन्न प्राविधिक पक्षको अध्ययन गरिएको लिबर्डले जानएको छ । (रासस)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ