काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूलमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न नहुने वास्तविकताले बोल्न नपाएको उल्लेख गर्दै पार्टी सभापतिलाई भ्याटको विषयमा धारणा बनाउन आग्रह गरे ।
उनले भने, ‘सत्ता पक्षको भएको हुँदा संसदमा बोल्न अप्ठ्यारो लाग्छ। विरोध कसरी गर्ने ? संसदीय व्यवस्थाको मापद्दण्डहरुलाई पक्रेर हिँड्नुपर्ने हुन्छ, त्यो ल्याई सक्यो सत्तापक्षले विरोध गरेर फाइदा छैन,सत्ता पक्ष भएपछि त्यही गाह्रो हुन्छ ।’
उनले सभापति देउवालाई यो विषयमा बुझ्नुपर्ने बताउँदै थपे, ‘पार्टी सभापति यही हुनुहुन्छ,त्यसैले पनि बोल्नुपर्छ, नेपालमा आलु, प्याज र फलफूल जस्तो कुरामा भ्याट लगाउँदा हामीहरूले यसलाई कसरी लिने ? अत्यन्त गम्भीर कुरा छ यो ।’
त्यस्तै उनले तीनै तहको अदालतको दोषी ठहर गरेको रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिएको प्रति प्रश्न उठाउँदै पार्टीको धारणा राख्न पनि सभापति देउवासँग माग गरे । ‘अदालत,उच्च अदालत,र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिले मसी सुक्नै नपाउँदै माफी दिनुभयो । हामीजस्ताले त्यसलाई कसरी हेर्ने?यी कुराहरू भोलिका दिनमा अत्यन्त गम्भीर हुन्छन्’ सरकार टिकाउन यस्ता कुरा गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने बुझ्न जरुरी छ ।’कोइरालाले भने ।
नेपाली काँग्रेस पार्टी भन्दा नेताको मानसिकता कमजोर भएको बताउँदै नेपाली काँग्रेसको औचित्य पुष्टि गर्नुपर्ने बेला आएको धारणा मात्र राखेनन् उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्ने समेत उद्घोष गरे ।
उनले भने, ‘पार्टी भित्र उत्पन्न भएका विविध कुराहरूलाई बिर्सिएर अब नेपाली काँग्रेसलाई एक ढिक्का गरेर अगाडि जानुपर्ने कुरामा घोत्लिन पर्ने आवश्यकता रहेको मैले पाएको छु।’त्यस्तै उनले काँग्रेस कमजोर नभएर काँग्रेसीको मानसिकता मात्र कमजोर बनको र त्यसलाई पार्टी भित्रबाटै सुधारेर आगामी निर्वाचनमा वडा देखि केन्द्र सम्म एक्लै लड्ने प्रतिबद्धता समेत जाहेर गरे ।
नेपाली काँग्रेस कमजोर छैन, नेपाली काँग्रेस अव आउने निर्वाचनहरूमा वडादेखि केन्द्र सम्म एक्लै लड्छ भन्ने प्रण हामीले गर्न जरुरी छ । एक्लै लड्ने क्षमता हामीहरूमा छ र अब एक्लै लड्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।
त्यस्तै उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने भन्दै उक्त प्रणालीमाथि विचार गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरे ।
उनले भने,‘संविधानले दिएको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दलको बहुमत आउन सक्दैन । त्यसकारण हामीले निर्वाचनमा सुधार गरेर अगाडि जानुपर्ने आवश्यकता भएको छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ