काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आज (मंगलबार)देखि वार्मअप खेलहरु सुरु हुँदैछन् । नेपालले मंगलबार पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल नेपाली समयानुसार १२:४५ बजेदेखि सुरु हुँदैछ। जिम्बावेको ओल्ड हेनरिज मैदानमा हुने खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
विश्वकप छनोट खेल्ने १० टोलीमध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक मात्रै टोली हो । जिम्बावे पुग्नु अगाडि नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेलको थियो। नेपालले दुवै खेलमा पराजय भोगेको थियो ।
विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बावेको सामना गर्नेछ । नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ