काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पार्नुभएको छ ।
एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले दलहरुको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको भन्दै एमालेको ध्यान मिशन ८४ मा रहेको बताउनुभएको हो । उहाले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने तयारीमा एमाले रहेको जिकिर गर्नुभयो । उहाले चौतर्फी धेराबन्दी र आक्रमणलाई पराजित गरेर एमाले अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । ओलीले बैंशाख २४ गते पेश गर्नुपर्ने मिटरव्याज कानून सम्बन्धी अध्यादेश अन्तिम दिनमा पेश गरेर सरकारले सामन्तको पक्षमा काम गरेको तर्क गर्नुभयो । मिटरव्याज सम्बन्धी कानूनलाई अघि नवढाउने र त्यसको दोष प्रतिपक्षीलाई लगाउने काम सरकारका तर्फबाट भएको उहाले बताउनुभयो । संसद चलाउन एमालेले पहल गर्दा पनि आफुलाई सदनमा बोल्न नदिएको भनेर प्रधानमन्त्रीले झुट बालेको पनि बताउनुभयो ।
उहाले एमाले अनुचित, अनैतिक क्रियाकलापमा विश्वास नगर्ने र त्यस बाटोमा नहिड्ने जिकिर गर्नुभयो । कुनै व्यक्तिले कुनै त्रुटी गरे त्यो व्यक्तिगत हुने र पार्टीको नीति नहुने उहाले बताउनुभयो । ओलीले एमाले सरकारमा हुँदा गरेका राम्रा कामहरुको प्रचार गर्न निर्देशन दिनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ