राजस्थान । नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिँदै नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्। जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजित नेपाल भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्।
उनले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै इतिहासमा कहिल्यै कसैको उपनिबेशमा नपरेको स्पष्ट पारे । भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता नेताहरुले सहयोग गरेको स्मरण गर्दै उनले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको स्मरण गरे।
भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाई थियो। आर्थिक नीतिका सन्दर्भमा पनि दुबै देश एकअर्कामा निर्भर भएको उनले बताए।
छिमेकीका नाताले चीन र भारतसँग नेपालको पुरानो सम्बन्ध भएको उनले चर्चा गरे। निधिले भने, ‘चीनसँग नेपालको मित्रता छ, भारतसँग नाता छ।’ त्रेतायुगमा सीता र रामको बिबाह भएको चर्चा गर्दै निधिले नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गरे।
नेपाललाई भारत बिरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीयहरुलाई आग्रह गरे। नेपालमा भारत विरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे।
त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गरेका थिए।
मंगलबार नै नेता निधि भूपाल नोवेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए ।
त्यस अवसरमा सो विश्वविद्यालयका कूलपति शिवसिं सारंगदेवले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भबिश्यमा सहयोग आदानप्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ