सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

सीता दाहालको राजकीय सम्मानसहित अन्तिम बिदाइ

प्रकाशित समय: बुधवार, ०३ : २० बजे असार २७ गते



सीता दाहालको राजकीय सम्मानसहित अन्तिम बिदाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

 

पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो।

 

त्यसअघि उनको शव श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । उपचारका क्रममा  बिहान ८:३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो ।पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।