सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ बैशाख २०८३ / Monday, 04 May 2026

राष्ट्रियसभा बैठक बस्दै, बिनियोजन विद्येयक पारित गरिने

प्रकाशित समय: बिहिवार, ०९ : २७ बजे असार २८ गते



राष्ट्रियसभा बैठक बस्दै, बिनियोजन विद्येयक पारित गरिने

काठमाडौं । राष्ट्रिय सभा बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा  बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ । हिजाे स्थगित भएकाे बैठक आज बस्न लागेकाे हाे । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० पारित हुदैँछ ।

जसअनुसार आजको बैठकमा बिनियोजन बिद्येयक माथी उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णायार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिनियोजन बिद्येयक २०८० लार्य पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।