सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ बैशाख २०८३ / Monday, 04 May 2026

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बन

प्रकाशित समय: बिहिवार, ०९ : ३२ बजे असार २८ गते



झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बन

काठमाडौँ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बन भएका छन्। गाउँपालिकाको लक्ष्मी मार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै साह निलम्बनमा परेका हुन्।

गाउँपालिका स्रोतका अनुसार अध्यक्षसहित वार्ड सदस्य फणीन्द्र प्रसाद खरेल, इन्जिनियर अभिषेक दास र सब इन्जिनियर विज्ञान चम्लगाईं निलम्बन भएका छन् । अध्यक्ष निलम्बनमा परेपछि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

कार्यपालिकामा बुधबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

सडक निर्माणका क्रममा कामै नगरी योजनाको फर्जी बिल बनाएर करिब २२ लाख ९ हजार आठ सय २३ रुपैयाँ भुक्तानी दिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ।