काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत आज (शुक्रबार) नेपालले पाकिस्तान ए को सामना गर्दैछ। समूह ‘बी’को खेल नेपाली समयानुसार शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु हुनेछ।
पाकिस्तानको ए टोली रहेपनि केही चर्चित अनुहार टोलीमा रहेका छन्। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ। नेपालको टोली भने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ। शुक्रबार नै भारत र संयुक्त अरब ईमिरेट्सबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘बी’मा रहेको नेपालले आफ्नो दोस्रो खेल भारतसँग साउन १ गते खेल्नेछ । समूह ‘बी’मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब ईमिरेट्स (यूएई) छन्। यस्तै, समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलका लागि छानिनेछन्। सेमिफाइनल खेल २१ जुलाइमा हुनेछ। सेमिफाइनलका २ विजेता उपाधिका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाइमा रहेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ