ललितपुर , गणेशमान सिंहको स्मृतिमा ‘पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता’ अर्को महिना हुने भएको छ। ललितपुर किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको सयुक्त आयोजनामा हुने प्रतियोगिता भाद्र ७ गते देखि ९ गतेसम्म हुने आयोजकले जनाएको छ।
गोदावरी नगरपालिका वडा नं ११ चापागाउँ,प्याङ्गाउ खेल मैदान मा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी मुनी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडीको तौल २०८० भाद्र ५ र ६ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगनखेल डोजो ललितपुरमा गराइने छ ।
प्रतियोगिता विश्व किक बक्सिङको नियमअनुसार खेलाईनेछ।
प्रतियोगितामा कराते,उसु, बक्सिङ,तेक्वान्दो,आई.टि.एफ.,फुल कन्ट्याक्ट कराते,मुआय थाई र विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका खेलाडीले प्रतिस्पर्धा गर्ने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए।
खुल्ला प्रतियोगिता भएकाले देश भरीबाट खेलाडीहरु भागलिन आउने हुँदा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई खाना र बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष महर्जनले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने खेलाडीले ३० हजार द्वितीय हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुई खेलाडीले ८/८ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोश्रो हुने टिम च्याम्पियनले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ