सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

एकल अंकले बढ्याे सेयर बजार

प्रकाशित समय: बुधवार, ०४ : ५४ बजे श्रावण १७ गते



एकल अंकले बढ्याे सेयर बजार

काठमाडौ, १७ साउन।सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

 

मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार फेरि सकारात्मक देखिएको छ । बजार निरन्तर घट्दा सेयर भाउ सस्तो भइसकेको छ । 

 

यस दिन २६९ कम्पनीको ९३ लाख ६१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंकको संस्थापक सेयर र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।