काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ ।
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।एन्फा अध्यक्ष नेम्वाङबाट फुटबल क्षेत्रको विकास हुन नसक्ने भन्दै बर्खास्तगीको लागि विशेष साधारणसभाको माग गरिएको छ ।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परेको असन्तुष्ट पक्षको दाबी छ । विभिन्न १९ बुँदे आरोप लगाउँदै उनीहरुले अहिलेकै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--