सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १४ आश्विन २०८० / Sunday, 01 October 2023

गणेशमान सिंहको २६ औं स्मृति दिवसमा प्रवचन कार्यक्रम सम्पन्न



प्रकाशित समय: मगलवार, ११ : १४ बजे आश्विन २ गते



गणेशमान सिंहको २६ औं स्मृति दिवसमा प्रवचन कार्यक्रम सम्पन्न

ललितपुर,नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मंगलबार मनाइएको छ । 

दिवसको अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ललितपुरले "गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना" विषयक प्रवचन कार्यक्रम आयोजना गरेको थियो। 

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुचना संचार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । 

 

नेता विश्वकर्माले गणेशमान सिंहलाई नेपालका सबै राजनैतिक दलले सर्वमान्य नेताको रुपमा स्वीकार गर्नुका कारण प्रस्ट्याए। 

 

उनले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए । 

 

एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण योगदान रहेको उनले स्मरण गरे । 

 

उनले गणेशमान सिंहले भने जस्तो राजनितिक लक्ष्य प्राप्त भएको तर सामाजिक र आर्थिक लक्ष्य प्राप्त गर्नका निम्ति कांग्रेस सच्चिनुको विकल्प नभएको बताए। उनले कांग्रेस सच्चिए सामाजिक र आर्थिक लक्ष्य प्राप्त गर्न सकिने बताए। 

 

वि पि र गणेशमान अध्ययन अनुसन्धानमा‌ पनि त्यतिकै व्यस्त भएका कारण राजनीतिमा सफल भएको बताउदै 

नेता विश्वकर्माले पछिल्लो पुस्तामा विचारको खडेरी बढेको बताए। 

 

जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय उर्मिला नेपाल के सी,धना खतिवडा, पुर्व गृहराज्य मन्त्री दिपक बास्कोटा, वागमती प्रदेश सांसद मीनकृष्ण महर्जन, वागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,नेपाली कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्य, क्षेत्र, प्रदेश, पालिका सभापति, पदाधिकारी,भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो।