म्याड्रिड, करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् ।
मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन ।
पाँच पटकसम्म युरोपको ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन् । यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खेल्दा विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप लगाइएको थियो ।
रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो । त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ’जानाजान’ करछली भएको बताएका थिए ।
तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभई स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताएका छन् । रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन् । सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् ।(रासस÷एएफपी)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ