सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

नेपाल लोकतान्त्रिक खेलकुद संघको ललितपुरको अध्यक्षमा पुनित गुरुङ्ग

प्रकाशित समय: सोमवार, ०९ : २७ बजे आश्विन १५ गते



नेपाल लोकतान्त्रिक खेलकुद संघको ललितपुरको अध्यक्षमा पुनित गुरुङ्ग

ललितपुर, नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले ललितपुरको अध्यक्षमा पुनित गुरुङ्गलाई मनोनयन गरेको छ। 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका उपसभापति सुदर्शन घिमिरेको प्रमुख आथित्यतामा ललितपुरमा आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले अध्यक्षमा मनोनयन गरेको पत्र हस्तान्तरण गरेका हुन्। 

 

गुरुङ्गलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ भाग ६ को २६ बमोजिम अध्यक्षमा मनोनयन गरिएको हो। २०७१ सालमा शुभेच्छुक संस्थाको रुपमा स्थापना भएको संघलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७९ श्रावण १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार भातृ संस्थाको रुपमा लैजाने निर्णय सँगै संगठन बिस्तारमा आफू लागेको केन्द्रीय अध्यक्ष शेरचनले बताए। 

अध्यक्ष शेरचनले खेलकुद मा कुनै गुट उपगुट नहुने बताए। शेरचनले अहिले अध्यक्ष मात्र मनोनयन गरिएको र बाँकी पदाधिकारी एवं कार्यसमिति चाँडै विस्तार हुने बताए। 

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको उपसभापति सुदर्शन घिमिरेले खेलकुदको माध्यमबाट पार्टी मजबुत भएको बताउँदै खेलकुद भित्रको अनुशासन र मर्यादाको अनुसरण गर्न सके आफ्नो लक्ष्यमा पुग्न कसैले रोक्न नसक्ने बताए। 

 

उपसभापति घिमिरेले खेलाडीले खेलकुद मार्फत देशलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। नेता घिमिरेले खेलकुद संघलाई उचाइमा पुर्याउन नेपाली कांग्रेसबाट जस्तोसुकै सहयोग प्राप्त हुने बताउँदै खेलकुद र खेलाडीबाट कांग्रेसलाई बलियो बनाउन उल्लेख्य भूमिका रहने अपेक्षा समेत गरे। 

 

कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, खेलकुद शाखा प्रमुख निरन खड्का, खेलकुद प्रशिक्षक एवं महाधिवेशन प्रतिनिधि नारायणदेव राणा लगायतको बाक्लो उपस्थिति रहेको थियो।