सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

प्रकाशित समय: बुधवार, ०४ : ०२ बजे कार्तिक १५ गते



डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

नयाँदिल्ली।बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण-पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्।बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई संगठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक चुनेको हो।

 

बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन।साइमाले ८ मत प्राप्त गरेका थिए। नेपालको तर्फबाट डा. शम्भुप्रसाद आचार्य पनि उम्मेदवार भएका थिए। उनले जम्मा दुई मत प्रात गरेको ढाका टर्बाइनले जनाएको छ।

 

उनको पाँच वर्षका लागि कार्यकाल रहनेछ।साइमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।