सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ बैशाख २०८३ / Monday, 04 May 2026

इन्स्पेक्टर बोहोराकी श्रीमतीले रेशम चौधरीविरुद्ध सर्वोच्चमा दायर गरिन् अर्को रिट

प्रकाशित समय: शुक्रवार, ०८ : ३५ बजे कार्तिक २४ गते



इन्स्पेक्टर बोहोराकी श्रीमतीले रेशम चौधरीविरुद्ध सर्वोच्चमा दायर गरिन् अर्को रिट

काठमाडाैं । रेशम चौधरीलाई बाँकी सजाय मिनाह गर्दै रिहाइको विरुद्धमा परेको रिटको सुनुवाइ अब पुस १६ गते हुने भएको छ। सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदा उक्त रिटको सुनुवाइ पुस दोस्रो सातासम्म रोकिएको हो ।

सर्वोच्च प्रशासनले पुस दोस्रो साताका लागि पेसी तोकेपछि टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहोराकी पत्नी शारदा कडायतले अर्को निवेदन दर्ता गराएकी छिन् ।
अग्राधिकार पाइसकेको यो रिटको सुनुवाइ शारदाको यो निवेदनसँगै पुस १६ गते पहिलो प्राथमिकतामा राखेर सर्वोच्चले गर्नुपर्ने भएको छ ।