सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

मन्त्रिपरिषद् बैठक: नेपालमा टिकटक बन्द गर्ने निर्णय

प्रकाशित समय: सोमवार, ०३ : ३१ बजे कार्तिक २७ गते



मन्त्रिपरिषद् बैठक: नेपालमा टिकटक बन्द गर्ने निर्णय

काठमाडाैं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

बैठकले जाजरकोट भूकम्पका पीडितलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा उपलब्ध गराउने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत् प्राविधिक सहयोग उपलब्ध गराउने बैठकको निर्णय रहेको उहाको भनाइ छ । बैठकले अस्थायी आवास निर्माण लगाएत कार्यमा सहझदारी कायम गर्न सर्वदलीय संयन्त्र कायम गर्ने निर्णय गरेको छ भने नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवास लगाएत सवै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गरि सरकारको मुख्यसचिवले प्रतिवेदन पेश गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । त्यस्तै बैठकले कार्तिक २८ गतेदेखि सुरु हुने नेपाल संवत ११४४ उपलक्ष्यमा सवै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै विक्रम सम्बत उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवतसमेत उल्लेख गर्ने निर्णय गरेको छ ।