सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ८ भदौ २०७६ / Sunday, 25 August 2019

प्रथम यल ललितपुर महानगर मेयर कप टेवल टेनिस प्रतियोगिता सम्पन्न


प्रकाशित समय: बिहिवार, ०८ : ०१ बजे माघ १७ गते



प्रथम यल ललितपुर महानगर मेयर कप टेवल टेनिस प्रतियोगिता सम्पन्न

ललितपुर,टेवल टेनिस संघ तथा इखाछें टोल सुधार समितिको संयुक्त आयोजनामा प्रथम यल ललितपुर महानगर अन्तर वडास्तरीय मेयर कप टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

 

ललितपुर महानगरपालिकाको वडा नं११ इखाछेंमा माघ ११ गते शुक्रबारबाट सुरु भएको प्रतियोगिता यही माघ १५ गते सम्पन्न भएको हो। यस प्रतियोगितामा महिलातर्फ वडा नं ६ कि सुपला बज्राचार्य र पुरुषतर्फ वडा नं १३ का आयुष भट्टराई उदयमान खेलाडी घोषित भए ।

 

५ दिनसम्म चलेको प्रतियोगितामा महिला र पुरुष गरी १५० खेलाडीहरुले भाग लिएका थिए । अण्डर १६ बर्ष उमेर समूहमा महिलातर्फ वडा नं २० की सर्मिला श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भइन ।

 

त्यस्तै वडा नं १२ कि रोनिषा महर्जनले दोस्रो स्थानमै चित्त बुझाउनु प¥यो । त्यस्तै अण्डर १६ बर्ष उमेर समूहमा पुरुषतर्फ वडा नं. ८ का रुबिन महर्जनले प्रथम स्थान हासिल गर्न सफल भए । त्यस्तै वडा नं ७ का एलेन महर्जनले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । ४० बर्षभन्दा माथि उमेर समुहमा वडा नं ११ का राजेन्द्र बज्राचार्यले प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै वडा नं ७ को निकेश जोशीले भने दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो।

 

५० बर्षभन्दा माथि उमेर समुहमा वडा नं. ९ का किरण बज्राचार्यले प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै वडा नं. १६ का प्रकाश धाख्वाले भने दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। पुरुषतर्फ खुलामा वडा नं १९ का निशान प्रधानले प्रथम स्थान हासिल गरेका छन् . त्यस्तै वडा नं १९ कै निकेन प्रधानले दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। महिलातर्फ खुलामा वडा नं. ५ कि लसता महर्जनले प्रथम स्थान हासिल गर्न सफल भइन।

 

त्यसैगरी वडा २० की सर्मिला श्रेष्ठले दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन। पुरुषतर्फ खुला ए समूहमा वडा नं १६ का संयोग कपालीले प्रथम स्थान हासिल गरेका छन्, त्यस्तै वडा नं ७ का दिकेन महर्जनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन।

 

प्रतियोगिताको उद्धघाटन अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द राज बैद्यले गरेका थिए । प्रतियोगिताको समापन समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन ।

 

पुरस्कार बितरण समारोहमा मन्तव्य राख्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्न स्थानीय संघ र संस्थाहरुलाई प्रेरित गर्ने वताए । उनले अन्तर्रा्ष्ट्रिय खेलमा विजेता भइ मेडल हासिल गर्नेलाई नगद पुरस्कार प्रदान गरेर हौसला बढाउने बताए ।