ललितपुर,ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीमा ‘प्रथम गोदावरी नगरपालिका मेयर कप तथा चौधौँ सो–क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु हुने उक्त प्रतियोगितामा देशका सातै प्रदेशबाट १२० जना खेलाडीहरुले भाग लिने आयोजकले जनाएको छ।
शुक्रबारबाट दुईदिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन र समापन समारोहको प्रमुख आतिथ्यता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि सबै तयारी पूरा भएको अयोजक डोजोका प्रमुख जय देसारद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रतियोगिताको कुल लागत १५ लाख रुपैयाँ हुने डोजो प्रमुख देसारले वताए। कार्यक्रममा देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने बस्ने व्यवस्था आयोजकले मिलाएको छ ।
प्रतियोगिता विजेताहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सशस्त्र प्रहरीका खेलाडीहरु समेत सहभागी हुने आयोजक डोजोले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ अण्डर २५ केजी, अण्डर ३० केजी, ३५, ४५, ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ खुला तौल समूहमा समेत खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै महिलातर्फ ३५ केजी र महिलातर्फ खुला तौल समुहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा टेकराज लङ्गाली, नविना श्रेष्ठलगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्नेछन् ।
कार्यक्रममा अत्यन्तै जोखिमपूर्ण आइसब्रेक, सिसाको वोतल ब्रेक गर्नेलगायतका साहसिक खेलहरु समेतको प्रदर्शन हुनेछ। कार्यक्रममा करातेका १२ जना खेलाडीहरुलाइ विशेष सम्मान समेत गरिने आयोजकले जनाएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल