सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

बिहे गर्दै शृंखला र सम्भव सिरोहिया

प्रकाशित समय: बिहिवार, १० : ३२ बजे मंसिर १४ गते



बिहे गर्दै शृंखला र सम्भव सिरोहिया

काठमाडाैं । पूर्वमिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक सम्भव सिरोहियाबीच यही मंसिर २८ गते विवाह हुने भएको छ। विवाह समारोह काठमाडौँको एक होटलमा हुने बताइएको छ।

शृंखला र सम्भव केही वर्षदेखि नै प्रेम सम्बन्धमा छन्। तर उनीहरूले गएको असोज २८ गते मात्र आफूहरूबीच प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक रूपमा स्वीकारेका थिए। पेसाले इन्जिनियर शृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्। हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन विषय पढेर नेपाल फर्किएकी शृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन्।