ललितपुर, प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ ।
बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२० जना खेलाडीहरुले भाग लिएका थिए। ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीमा शुक्रबारबाट दुईदिनसम्म चलेको यो प्रतियोगितामा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो।
शनिवार भएका फाइन खेलमा पुरुषतर्फ २५ केजी तौल समूहमा टिकाभैरब डोजोका अमृत नगरकोटी प्रथम, धापाखेल डोजोका रमित महर्जन दोस्रो, नुवाकोट डोजोका कञ्चन मगर तेस्रो र बुरुन्चुली डोजोका सुरेश तामाङले चौथो स्थान हासिल गरेका छन्। त्यस्तै पुरुषतर्फ ३० केजी तौल समूहमा दाबा स्याङ्तानले प्रथम, कार्साङ स्याङ्तानले दोस्रो, चन्द्र बहादुर घिसिङले तेस्रो र अभिषेक कपालीले चौथो स्थान हासिल गरेका छन् । यी चारै जना बज्रबाराही डोजोका खेलाडी हुन्।
३५ के जी तौल समूहमा पुरुषतर्फ विवेक थापा प्रथम, त्रिलोक व्लोन दोस्रो, विशाल मार्फा तामाङ तेस्रो र सुजन तामाङ चौथो स्थान हासिल गरेका छन्। प्रथम, दोस्रो र चौथौ स्थान हासिल गर्नेहरु बज्रबाराही डोजोका हुन् भने तेस्रो स्थान हासिल गर्ने विशाल मार्फा तामाङ टिकाभैरब डोजोका हुन्।
महिलातर्फ ३५ के जी तौल समूहमा धापाखेल डोजोकी रेखा गुप्ता प्रथम, टिकाभैरब डोजोकी सलोनी नगरकोटी दोस्रो, बज्रबाराही डोजोका सगुन देसार तेस्रो तथा टिकाभैरब डोजोकी निरमाया तामाङ चौथो हुन सफल भएका छन्।
पुरुषतर्फ ४५ के जी तौल समूहमा टिकाभैरब डोजोका सुदिप मगर प्रथम, बिरगञ्ज डोजोका कृष्ण पटेल दोस्रो, बज्रबाराही डोजोका अनन्त गोपाली तेस्रो तथा टिकाभैरब डोजाका राम सिल्वाल चौथा भएका छन्। त्यसैगरी पुरुषतर्फ ५५ केजी तौल समूहमा एपीएफका अजित महर्जन प्रथम, बज्रबाराहीका सञ्जु तामाङ दोस्रो, धापाखेलका येमराज बास्तोला तेस्रो र बुरुन्चुलीका हिमाल राई चौथो भएका छन्।
त्यस्तै महिलातर्फ खुला तौल समूह सातदोवाटो डोजोकी सिवानी श्रेष्ठ प्रथम, एपएफकी अम्बिका भुजेल दोस्रो, बज्रबाराहीकी सुनिता थिङ तेस्रो तथा बज्रबाराही कै अञ्जना थोकर चौथो हुन सफल भएका छन् । त्यस्तैगरी पुरुषतर्फ खुला तौल समूहमा सातदोवाटो डोजोका राज कुचिकार प्रथम, एपीएफका सुजन देउला दोस्रो, टोखा डोजोका व्यञ्जु गुरुङ तेस्रो तथा सातदोवाटोका गणेश लामा चौथो भएका छन् ।
प्रतियोगिताको समापन समारोहमा क्युकोसिन कराते तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने १२ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।
सम्मानीत हुनेहरुमा क्युकोशिन करातेमा २९ बर्ष योगदान दिएका कृष्णहरि थापा, क्युकोशिन करातेमा २६ बर्ष योगदान दिएका प्रकाश देसार वाग्ले, करातेमा २०४८ देखि ६ पटक राष्ट्रिय च्याम्पियन, २५वटा स्वर्ण पदक विजेता तथा सो क्योकुसिन करातेका राष्ट्रिय अध्यक्ष राजकुमार श्रेष्ठ, २०४९ देखि हालसम्म करातेमा योगदान दिएका सविन श्रेष्ठ र किसोर दर्शन रहेका छन् त्यस्तै गायिका नविना श्रेष्ठ र एञ्जिला बाङ्देल गायक टेकराज लंङ्गाली र इश्वरकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।
सो–क्युकोशिन करातेका केन्द्रीय उपाध्यक्ष इन्द्रकुमार राई, करातेमा २६ वर्ष योगदान दिएका समीर श्रेष्ठ र हेराकाजी देसारलाई समेत सम्मान गरिएको थियो। प्रतियोगिता विजेताहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल