काठमाडौँ, - संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ ।
युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो ।
युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई÷दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए ।
बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई÷दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए ।
यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976, 9851219411
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2019. Local Media Publication Pvt. Ltd. All rights reserved. Maintained by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
निर्देशक / सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
सूचना प्रसारक:
निर्दोष कृष्ण श्रेष्ठ
9849030347
nirdosh.shrestha@gmail.com
बजार व्यवस्थापक:
कमल प्रसाद दहाल
रामकाजी गोले तामाङ्ग
संवाददाता:
नवराज सापकोटा
कमला तामाङ्ग
वेबसाइट डेभलपमेन्ट समूह:
निर्दोष कृष्ण श्रेष्ठ, शैलेन्द्र अधिकारी
कार्यालय व्यवस्थापन: