काठमाडौँ । चलचित्र ‘ए मेरो हजुर’को शृङ्खला र निर्देशक झरना थापा पर्याय नै हुन् । एक समय अभिनयमा नाम कमाएकी झरनालाई यी शृङ्खलाले स्थापित निर्देशक महिलाका रूपमा चिनायो । यद्यपि पछिल्लो समय उनले चलचित्र ‘एक भगवत र एक गीता’ निर्देशन गरिन् । यो चलचित्रबाट भने उनले सोचेजस्तो ख्याति कमाइनन् । अहिले पुनः झरना ‘ए मेरो हजुर’ तर्फ फर्केकी छन् ।
पछिल्लो चलचित्रको नामलाई लिएर विभिन्न धार्मिक सङ्गठनले आवाज उठाएर चलचित्र प्रदर्शन नै रोक्ने चेतावनी दिएपछि चलचित्रका निर्माता पति सुनिलकुमार थापाले चलचित्र विकास बोर्डसँगको नियमित छलफलपछि नाम फेर्ने सहमतिमा विवाद टुङ्ग्याएका थिए । यसबिच झरनालाई चलचित्र चलाउने फण्डा गरेको आरोप समेत लागेको थियो ।
सो चलचित्रले बक्स अफिसमा सुनिल र झरनालाई पुनः सफलताको सिँढीमा उक्लिन दिएन । सायदै त्यही चलचित्रको ‘ह्याङ’ र ‘तनाव’लाई भुल्न निर्देशक झरना यति बेला ‘ए मेरो हजुर ५’को तयारीमा जुटेकी छन् । उनले अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२४ को शुभकामना दिँदै ‘ए मेरो हजुर ५’ ल्याउने छनक दिएकी छन् । सामाजिक सञ्जालमा दिइएको शुभकामनामा उनले ह्यासट्यागमा पाँचौँ चलचित्रको नाम उल्लेख गरेकी छन् ।
बुझिएअनुसार आगामी वर्षको भदौमा छायाङ्कन सुरु हुने सो चलचित्रको हाल स्क्रिप्टको काम भइरहेको छ । उनले चलचित्रको प्रदर्शन भने २०८२ सालमा गर्नेछिन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ