सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

‘द भ्वाइस अफ नेपाल’ को उपाधि विनोद राईलाई



प्रकाशित समय: शनिवार, ०९ : ३४ बजे पुष २८ गते



‘द भ्वाइस अफ नेपाल’ को उपाधि विनोद राईलाई

काठमाडौं । यस वर्षको ‘द भ्वाइस अफ नेपाल सिजन–५’ उपाधि विनोद राईले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको मतबाट तीन प्रतिस्पर्धीलाई उन्छिदै राईले भ्वाइसको ट्रफी जितेका हुन् ।

उनले नगद २० लाख रुपैयाँ हात पारेका छन् । विनोद टिम मिलन नेवारको टिमबाट प्रतिस्पर्धामा थिए । यस्तै राजेशपायल राई टिमका मकरबहादुर योञ्जन फर्स्ट रनरअप, उदय सोताङ टिमका कुमारप्रयास राई सेकेन्ड रनरअप र प्रमोद खरेल टिमका नोगेन लिम्बु थर्ड रनरअप भए । आयोजकका अनुसार दर्शकले दिएको मतका आधारमा विजेता घोषणा गरिएको हो ।