ललितपुर,गोदावरी नगरपालिकाले नगरपालिकाको सातौं नगरसभाको अवसर पारेर साग गेमका स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ। नगरपालिकाको सातौं नगरसभामा १३ सागका ३ जना खेलाडीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा १३ औं सागमा कराँते काटातर्फका प्रशिक्षक गंगाराम महर्जन रहनुभएको छ । प्रशिक्षक महर्जनलाई नगरपालिकाले रु. २,००,०००/- रुपैया नगद सहित सम्मान गरेको छ । सम्मानित महर्जन गोदावरी नगरपालिका वडा नं १२ ठेचो निवासी हुनुहुन्छ ।
यसै गरी १३ औं सागमा कराँते फाइट प्रशिक्षक दिपक श्रेष्ठ रहनुभएको छ । प्रशिक्षक श्रेष्ठलाई नगरपालिकाले रु. २,००,०००/- रुपैया नगद सहित सम्मान गरेको छ । सम्मानित श्रेष्ठ गोदावरी नगरपालिका वडा नं ११ चापागाउँ निवासी हुनुहुन्छ ।
सम्मानित हुनेमा अर्का १३ औं सागकै उस्सु तर्फका कास्य पदक विजेता निकेश श्रेष्ठ रहनुभएको छ । सम्मानित श्रेष्ठलाई नगरपालिकाले रु. १,००,०००/- रुपैया नगद सहित सम्मान गरेको हो । श्रेष्ठ नगरपालिकाको वडा नं ५ लेले निवासी हुनु हुन्छ ।
यसै गरी विस २०७६ मा भारतको हरियाणा र आन्ध्र प्रदेशमा भएको वादो कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता लगायतमा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडीहरु रामसुन्दर सिल्वाल, शुभ सिल्वाल, संघर्ष पहरी, सुमन तामाङ, सोनम थिङ, हरिकृष्ण पहरी, युविसन मगरलाई नगद १० हजारका दरले नगरपालिकाले सम्मान गरेको छ ।
यसै गरी सो प्रतियोगितामा कोचका रुपमा सहभागी चिन वहादुर तामाङ र राजु महर्जनलाई समेत नगद १० हजारका दरले नगरपालिकाले आज सम्मान गरेको छ । सम्मानित प्रशिक्षक, कोच, खेलाडी सवै जना नगरपालिका क्षेत्रभित्रका रहेका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल