सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

गोदावरी नगरपालिकाले गर्यो चापागाउँमा सिल

प्रकाशित समय: बिहिवार, १२ : २४ बजे असार १८ गते



 गोदावरी नगरपालिकाले गर्यो चापागाउँमा सिल

ललितपुर,गोदावारी नगरपालिका वडा नम्बर ११ वडा नम्बरमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले त्यस क्षेत्रमा सिल गरेको छ।

 

नगरपालिका वडा नम्बर ११ चापागाउँमा ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले चापागाउँ बजार आसपास माइकिङ गर्दै सिल गर्ने निर्णय गरेको हो।

 

हिजो स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले ललितपुरमा एकैदिन सात जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेका थिए। जसमा चापागाउँका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

 

संक्रमित व्यक्तिको पाटन अस्पतालको आइसुलेसनमा उपचार भैरहेको र निजको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ती संक्रमित पुरुषको परिवार र उनीसँग सम्पर्कमा रहेका वरपरका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ नभएसम्म चापागाउँ सिल गरिने गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले जानकारी गराउनुभयो।