ललितपुर,ललितपुर महानगरपालिकाका कर्मचारीहरुले गृहमन्त्रालयमा सुरुवा भएका महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईलाई बिदाई गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालालाई स्वागत गरेका छन् ।
ललितपुर महानगरपालिकामा बुधबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले भट्टराई र कोइराला दुबैलाई फूलको माला सहित टिका लगाइदिएका थिए । प्रमुख महर्जनले भट्टराईलाई मायाको चिनो समेत प्रदान गरे महानगरका प्रमुख महर्जनले कर्मचारी र जनप्रतिनिधिको सहकार्यबाटमात्रै महानगरको विकास हुने बताए ।
उनले विदा हुँदै गरेका भट्टराईको प्रशंसा गर्दै काम गर्ने शैलीबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘ उहाँको हुने कामलाई हुने र नहुने कामलाई हुँदैन भन्ने शैली मलाई राम्रो लाग्यो, हुने यति कारणले नहुने यति कारण प्रष्ट पार्नु हुन्थ्यो । ’ प्रमुख महर्जनले अनौपचारिक भेटघाटबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि त्यत्तिकै उर्जाशील भएको अनुभव गरेको बताए ।
कार्यक्रममा साउन १ गतेबाट महानगरको प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गर्दै गरेका विष्णु कोइरालाले जनप्रतिनिधिहरुलाई कर्मचारीले सहयोग गर्नुपर्ने बताए । उनले पालिकाहरु आर्थिक रुपमा बलिया भए मात्रै सक्षम हुने बताए । बिदा हुँदै गरेका भट्राईले पालिकाहरु मध्ये ललितपुर महानगरपालिका पालिकामध्ये ‘बेस्ट पफर्मेन्स ’ दिन सफल भएको बताए ।
महानगरका प्रमुख महर्जनले दिने उर्जा र स्नेह सधैं सम्झिराख्ने बताए । जागिर र जीवन अस्थायी भएको बताउँदै छाडेर जाने छापहरु महत्वपूर्ण भएको स्पष्ट पारे । कार्यक्रममा महानगरका प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले कर्मचारी समायोजनको विषयमा विचार राखेका थिए ।
कार्यक्रममा अन्य महाशाखाका प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । यसैगरी महानगरको विधायन समिति, लेखा समिति, विकास तथा सुशासन समितिले छुट्टाछुटै विदाई तथा स्वागत कार्यक्रम राखेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ