सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० जेठ २०८१ / Thursday, 23 May 2024

नेपालले विश्कपअघि वेस्ट इन्डिज ‘ए’सँग टी‍-२० शृंखला खेल्ने



प्रकाशित समय: मगलवार, ०९ : १४ बजे चैत्र २७ गते



नेपालले विश्कपअघि वेस्ट इन्डिज ‘ए’सँग टी‍-२० शृंखला खेल्ने

काठमाडाैं । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज ‘ए’सँग पाँचवटा टी-२० शृंखला खेल्ने तय भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उक्त टी-२० शृंखलाबारे जानकारी दिएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी अप्रिल २५ देखि उक्त शृंखला आयोजना गर्न लागिएको हो। आईसीसी टी–२० विश्वकप र ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका क्रममा यतिबेला नेपाली टोली भारतमा छ। प्रिमियर कप खेल्न नेपाली टोली त्यहीँबाट ओमान जानेछ।

भारतमा रहँदा नेपालले गुजरात र बरोडा टीमसँग मैत्रीपूर्ण खेल खेलेको छ। ओमानबाट फिरेपछि घरेलु भूमिमा नेपालले वेस्ट इन्डिज ‘ए’सँग टी–२० शृंखला खेल्ने भएको हो। उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।