काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले औपचारिक रुपमा जिम्मेवारी सम्हालेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित कार्यक्रममा विभागका पदाधिकारी र सदस्यहरूलाई मनोनीत पत्र प्रदान गरेर औपचारिक रुपमा कार्यभार लिइएको हो ।
पत्र प्राप्त गरेसँग पहिलो बैठक बसेको छ । विभागका पदाधिकारी र सदस्यहरूका बीच परिचयात्मक कार्यक्रम समेत भएको सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । विभागका संयोजक एवम् कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दुई पदाधिकारी र सदस्यहरूलाई पत्र दिएको सचिव महर्जनले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य बस्नेतलाई विभागको संयोजकमा मनोनीत गरेका थिए । विभागको उपाध्यक्षमा मोहनकुमार राई र सचिवमा महर्जनलाई सभापति देउवाले यसअघि नै मनोनीत गरेका थिए ।
सदस्यहरूमा मणिभुषण यादब, उपेन्द्र यादव, देवकुमार मानन्धर, दीपराज गुरुङ, शोभितराज प्रसाइँ, किशोर राई, पंकज नेम्वाङ, विजेन्द्र हमाल, रामानन्द चौधरीले सभापति देउवाद्वारा प्रदान गरिएको मनोनीत पत्र बुझेका छन् । सचिव महर्जनका अनुसार पत्र लिने सदस्यहरूमा भानु चन्द, प्रतिमा शाही, पूर्णसिंह बोहरा, राजु कँडेल, उमेशकुमार खड्का, बखतबहादुर शाही, उद्धव खड्का, कुवेरप्रकाश सिंह, टपेन्द्रबहादुर दर्नाल, शिव आचार्य, डम्बर खड्का, सिंहबहादुर तामाङ, महेन्द्र राई ‘रवि’, प्रकाश विष्ट, जितबहादुर केसी र कृष्ण वर्माले सदस्यमा मनोनीत पत्र बुझेका छन् ।
सचिव महर्जनले लकडाउन र वर्षाका कारण केही सदस्यहरू पत्र लिन आउन केही ढलाइ गरेको जानकारी दिए । विभागका संयोजक बस्नेतले कांग्रेसले गठन गरेको विभागमध्य खेलकुद विभागले सबैभन्दा पहिला आफ्नो गतिविधि अगाडि बढाएको बताए ।
‘हाम्रो खेलकुद विभाग अन्य विभागहरूभन्दा पहिला गठन भएर आफ्नो गतिविधिहरू शुरु गरेको छ’, उनले भने, ‘कांग्रेसको नजरमा कहिल्यै पनि खेलकुद क्षेत्र अगाडि आएन । अब खेलकुद र खेलाडीलाई कांग्रेसले नजरमा राख्ने बनाउनेछ ।’ विभागलाई काम गर्नुपर्ने धेरै रहे पनि समय थोरै रहेको बताएका संयोजक बस्नेतले जिल्ला, प्रदेश र क्षेत्रहरूमा विभागमार्फत खेलकुद र प्रतिस्पर्धाहरू गराइने बताए ।
उनले खेलकुद प्रतियोगिताहरूमार्फत कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सक्रिय बनाउने बताएका छन् । खेलकुद विभागमार्फत सागगेममा स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मानको कार्यक्रम गर्ने तयारीमा रहेको संयोजक बस्नेतले बताएका छन् । खेलकुद विभागका पदाधिकारी र सदस्यहरूलाई सभापति देउवा आफैले मनोनयन गरिएको पत्र प्रदान गर्ने कार्यक्रम थियो ।
पार्टीको पदाधिकारी बैठक रहेकाले देउवा कार्यक्रममा आउन नसकेको सचिव महर्जनले बताए । खेलकुद विभागले नयाँबानेश्वरमा आफ्नो कार्यलय समेत स्थापना गरिसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल