सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

आन्दोलित कर्मचारीको समस्या सावधान छिट्टै हुने कृषिमन्त्री अधिकारीको वचन

प्रकाशित समय: मगलवार, ०६ : ०५ बजे श्रावण १ गते



आन्दोलित कर्मचारीको समस्या सावधान छिट्टै हुने कृषिमन्त्री अधिकारीको वचन

काठमाडौँ,कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्राङ्कित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताएका छन्। 

 

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न मन्त्रालय पुगेका अधिकारीले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरूसँग कुरा गरेर समस्या हल गर्ने बताएका हुन् । 

 

उनले आफूले कर्मचारीको आन्दोलनका बारेमा गहन अध्ययन गर्ने र पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने वचन दिए। नवनियुक्त मन्त्री अधिकारी पदभार ग्रहण गर्न पुगेपनि पदभार ग्रहण नगरी फर्किएका छ

न्।