काठमाडौं,अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसको अवसरमा आयोजना गरेको चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल दुई दिने प्रतियोगिता सम्पन्न भएको छ । विश्व बुद्धिचाल महासंघ स्थापना सतवार्षिकि फिडे १०० मनाउने उदेश्यमा ऐक्यबद्धता जाहेर गर्दै प्रतियोगितामा काठमाडौँ उपत्यकाका ५० भन्दा बढि विद्यालयका ३५० भन्दा बढि खेलाडीको सहभागिता रहेको थियो ।
काठमाडौं जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भएको चौथो त्रियोग अन्तर विद्यालय विभिन्न कक्षाका चार समूह विच प्रतिस्पर्धा सम्पन्न गरेको छ। प्रतियोगितामा कक्षा ८ देखि १० समूह शिर्ष खेलाडीवाट पुरुष तर्फ मनकामना माविका प्रतीक सुवेदीले उपाधि जितेका छन्। त्यसैगरी छात्रा तर्फ आयोजक त्रियोग स्कूलकै रिया श्रेष्ठले उपाधि जितेका छन्।
त्रियोग स्कूलको प्राङ्गणमा भएको बृहत् चेस खेलको यसै कक्षा समूह छात्र तर्फ मोर्डन ईण्डियन स्कूलका आशिष् गुप्ता द्वितीय र क्रियटिभ स्कूलका सफल महर्जन तृतीय स्थानमा रहन सफल भएका छन् भने छात्रा तर्फ त्रियोग स्कूफका कृपा बेलबासे द्वितीय र डिएभि स्कूलका प्रज्ञा पन्त तृतीय स्थानमा रहन सफल भएका छन्।
नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा भएको कक्षा ६ देखि ७ सम्मको समूहको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभाष रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए । छात्रा समूहमा मार्भलसका निहाना श्रेष्ठ प्रथम, त्रियोगका परिधि खत्रि द्वितीय तथा मार्भलसका कृष्टी रिजाल तृतीय भएका छन्।
बृहत् विद्यालय चेस खेलमा कक्षा ४ देखि ५ सम्मको छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ प्रथम, यूरो हात्तिगौँडाकी कृसा श्रेष्ठ द्वितीय तथा मार्भेलसकी सोनालिका सराफ तृतीय भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबीका साहास श्रेष्ठ प्रथम, पुष्पसदनका हार्दिक पन्त द्वितीय तथा पेभिलियनका लक्ष मोरे तृतीय भए ।
यस्तै कक्षा १ देखि ३ सम्मका छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य प्रथम, यूरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई द्वितीय तथा पेभिलियनकी अधिरा पौडेल तृतीय भइन् । सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल प्रथम, त्रियोगका प्रसुन मल्ल द्वितीय तथा काठमाडौ गुरुकुलका सुनभ ओझा तृतीय भए ।
आज सम्पन्न विभिन्न समूहको प्रतिस्पर्धा मार्फत आयोजक त्रियोग स्कुल कक्षा ८ देखि १० समूह र ६ देखि ७ समूह विजेता बनेका छज्। यस्तै मार्भेलस स्कुलले कक्षा ४ देखि ५ सम्मको समूह विजेता तथा यूरो स्कुल हात्तिगौँडा कक्षा १ देखि ३ सम्मको समूह विजेता बनेर विधागत विद्यालय उपाधी हात पार्न सफल भएका छन्।
काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं संयोजक केशब श्रेष्ठका अनुसार अन्तिम चरणको खेल पश्चात् त्रियोग हाई स्कूलका प्रधानअध्यापक सविता कपरुवानको सभापतित्वमा पुरस्कार वितरण तथा समापन समारोह कार्यक्रम सम्पन्न भएको थियो ।प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष दिपेन राई, पुर्व अध्यक्ष विदुर गौतम तथा प्रथम महिला नेशनल च्याम्पियन मोनालिसा खम्बु लगायतले विजेता विद्यार्थी खेलाडीहरुलाई प्रमाणपत्र, शिल्ड, मेडल प्रदान गरिएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ