काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो ।
यस्तै, सर्लाहीमा ग्यास पाइपलाइन निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो स्थानान्तरणका विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ