सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क फाइनल प्रवेश

प्रकाशित समय: आइतवार, ०८ : १८ बजे पुष १४ गते



ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क फाइनल प्रवेश

ललितपुर,ललितपुर स्पोर्ट्स क्लव र थापाथली चेेस पार्क क्लब सातौ तुल्सीलाल स्मृति राष्ट्रिय क्लव टिम चेस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। 

 

आयोजक ललितपुर स्पोर्ट्स क्लवले प्रतियोगिताका दावेदारको रुपमा रहेको ललितपुर महानगरपालिका टिमलाई कडा प्रतिस्पर्धाको खेलमा २.५ अंक जोडेर पराजित गरेका छन्। 

 

             

लिग चरणको सबै खेल जितेर सेमिफाइनल प्रवेश गर्न सफल ललितपुर महानगरपालिकाले १.५  अंक मात्र जोड्न सफल भए। स्पोर्ट्स क्लबले जितको लागि आवश्यक २.५ अंक बनाएर फाइनलको टिकट काट्न सफल बने। 

               

ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा संचालन भइरहेको प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडीहरुको सहभागी रहेको टोलि पराजित भए पछि निरास भए।

         

प्रतिष्ठानको सभाहलमा सम्पन्न तेस्रो बोर्डमा खेलेका फिडे मास्टर क्षितिज भण्डारी प्रतियोगिता अवधि भर उत्कृष्ट लय समाउदै गरेका रिसोन थापासंग पराजित भएका थिए। रिसोनले महत्त्वपूर्ण १ अंक जोडे पछि स्पोर्ट्स क्लब टिमलाई जितको आधार बनेको थियो ।

         

टिम खेलका अर्का भरपर्दा खेलाडी फिडे मास्टर रुपेश जैशवालले जित निकाल्न सकेनन् र सिएम सजिन महर्जन संग बराबरी नतिजा आत्मसात गर्न बाध्य बने। 

                

उच्च वरियता टिम ललितपुर महानगरपालिकाका आशा गरिएका युवा पुरुषोत्तम सिलवाल र अभिक शाहले आयोजक टिमको तर्फबाट खेलेका शैलेन्द्र न्यौपाने र विनिता कपाली संग आ आफ्नो खेल फोर्स बराबरीमा टुंग्याउन पुगे। 

           

त्यसैगरी अर्को सेमिफाइनल खेलमा थापाथली चेस पार्क क्लवले डिफेण्डिङ्ग च्याम्पियन दोलखा चेस होम लाई १.५ अंकको विरुद्ध २.५ अंक बनाएर सहज रुपमा हराएर फाइनलमा स्थान सुरक्षित गरेका छन्।

             

थापाथली चेस पार्कका वोमेन महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा दोलखा चेस होमका पुजा भण्डारी माथि महत्त्वपूर्ण १ अंक खोस्दै टिमलाई जित दिलाउन सफल भईन्।

         

यसअघि थापाथलीका रिजेन्द्र राज भण्डारी र राजन सुवेदी, सुशील चौधरी र सुश्रत दाहल तथा आशिष् फुयाल बीचको खेल बराबरी छुटेको थियो।

             

कूल ४ लाख ७० हजार नगद पुरस्कार रहेको प्रतियोगितामा बिजेता टिमले २ लाख , उपविजेतले १ लाख २० हजार , तेस्रो हुनेले ८० हजार र चौथो हुने टोलिले ४० हजार नगद पुरस्कार हात पार्ने छ भने प्रत्येक बोर्डमा उत्कृष्ट खेल प्रदर्शन गरे वापत जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ।

            

अब फाइनल खेल आयोजक ललितपुर स्पोर्ट्स क्लव र दुई पटकका पूर्व विजेता थापाथली चेस पार्क बीच उपाधिको लागि भिडन्त हुनेछ । उता ललितपुर महानगरपालिका र दोलखा चेस होमको बिच तेस्रो र चौथौ स्थानको लागि प्रतिस्पर्धा हुनेछ।