काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन् ।
सोमबार कान्ति बाल अस्पताल ६३ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् ।
उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जती पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो सबै सत्य होइन । यसमा व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि छ । र यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन् । उपकरण उपलब्ध छैन । भौतिक पूर्वाधार व्यवस्थित छैन । यहाँ काम गर्नेहरुले अन्तजती सेवा सुविधा प्राप्त गर्नु भएको छैन ।’
यसैगरी उनले भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार भए पनि राज्यसँग क्षमता नभएको बताए । उनले उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ