ललितपुर,गोदावरी रेसिडेन्सीयल स्कुलको आयोजनामा गोदावरी नगरपालिका तथा गोदावरी साहित्य परिषद्को समन्वयमा "गोदावरी कला तथा साहित्य महोत्सव २०८१"हुने भएको छ।
माघ १७ र १८ गते दुई दिनसम्म चल्ने महोत्सवमा गोदावरी नगर पालिका भित्र रहेका विभिन्न सांस्कृतिक, साहित्यिक, र कलात्मक सम्पदा एवं प्रतिभाहरुलाई प्रोत्साहित गर्ने, विद्यार्थीहरूको सृजनात्मक प्रतिभा, साहित्यिक चिन्तन, र कलात्मक अभिव्यक्तिलाई मञ्च प्रदान गर्ने जस्ता कार्यक्रम गरिने आयोजकले जनाएको छ।
महोत्सवको मुख्य उद्देश्य युवा प्रतिभाहरूलाई प्रोत्साहन दिनु, समाजमा रहेका सांस्कृतिक भाषिक अभिव्यक्तिलाई बढावा दिनु, र नेपाली समृद्ध साहित्यिक परम्परालाई अगाडि बढाउनु रहेको गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठकुमार अधिकारीले बताए।
गोदावरी रेसिडेन्सीयल स्कुलका प्रिन्सिपल तथा महोत्सव संयोजक कुलदीप न्यौपानेले विद्यार्थीहरूलाई कक्षाकोठाभित्र मात्र सीमित नगरेर बाहिरी परिवेशका साथसाथै अतिरिक्त क्षमतालाई प्रस्तुत गराउन महोत्सव महत्वपूर्ण हुने बताए।
महोत्सवमा काठमाण्डौ उपत्यका तथा उपत्यका बाहिरका समेत विद्यार्थीहरु सहभागिता रहनेछन् ।
महोत्सवमा विभिन्न साहित्य कार्यशाला, सांस्कृतिक प्रस्तुति, डकुमेन्ट्री प्रदर्शन, प्यानल डिस्कसन, नाटक, पुस्तक प्रदर्शन तथा नगरपालिका भित्र उत्पादित सामानका व्यापारिक स्टल, स्वादिलो खानाका परिकार खान तथा अवलोकन गर्न पाइनेछ।
गोदावरी नगरपालिका वडा नं १४ बाँडेगाँउ स्थित गोदावरी रेसिडेन्सीयल स्कुलमा (Godawari Residential School – GRS) आयोजना हुने महोत्सवमा साहित्यकार, लेखक, प्राज्ञिकहरुको उपस्थितिमा सहभागी विद्यार्थीहरूले आफ्ना कविता, कथा, निबन्ध, चित्रकला, संगीत, र नाटक जस्ता विधाहरूमा आफ्नो प्रतिभा प्रदर्श
न गर्नेछन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ