ललितपुर,गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि दोस्रो उपत्यका व्यापी अन्तरपालिका खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। गत वर्षबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने युवा जनशक्ति उत्पादनका लागि सुरु गरिएको फुटबल प्रतियोगिता गोदावरी नगरपालिका वडा नम्बर- १० टाहाखेल झ्यालुन्टारमा सुरु भएको हो।
नगरपालिका आफैंले निर्माण गरेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको १०५ मिटर लम्बाइ र ५८ मिटर चौडाइमा रहेको मैदानमा फुटबल खेल्न उपत्यकाका १३ वटा टिमको सहभागिता रहेको छ। फुटबल विजेता टिमले नगद ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै उपविजेताले नगद ३ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै अनुशासित टिमलाई ५० हजार, म्यान अफ द म्याचलाई रु.५०००का साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई २५ हजार नगद पुरस्कारको व्यवस्था छ।
वैशाख २० गतेबाट सुरु भएको प्रतियोगिता जेष्ठ ३ गते समापन हुनेछ।
आजबाट सुरु भएको मेयर कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक समेत भइसकेको छ।
उद्घाटन सत्रमा समय अन्तर्गत गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिका बीच प्रतियोगिता भएको छ।
समूह ए अन्तर्गत अन्य खेलहरूमा ललितपुर महानगरपालिका र बागमती गाउँपालिका वैशाख २१ गते, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिका वैशाख २३ गते, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिका वैशाख २३ गते, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका वैशाख २५ गते, बागमती गाउँपालिका र गोदावरी नगरपालिका वैशाख २६ गते खेल हुनेछ।
त्यस्तै समूह बी अन्तर्गत चाँगुनारायण नगरपालिका र काठमाडौँ महानगरपालिका वैशाख २१ गते, काठमाडौँ महानगरपालिका र मध्यपुर ठिमी नगरपालिका वैशाख २४ गते, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिका वैशाख २७ गते खेल हुनेछ।
त्यस्तै समूह सी अन्तर्गत कागेश्वरी मनहारा नगरपालिका र दक्षिणकाली नगरपालिका वैशाख २२ गते, चन्द्रागिरी नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका वैशाख २४ गते, दक्षिणकाली नगरपालिका र चन्द्रागिरी नगरपालिका बीच वैशाख २६ गते खेल हुनेछ ।
समूह डी अन्तर्गत कोन्योसुम गाउँपालिका र तारकेश्वर नगरपालिका बीच वैशाख २२ गते, तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिका वैशाख २५ गते, कीर्तिपुर नगरपालिका र कोन्जोसुम गाउँपालिका २० वैशाख २७ गते खेल हुनेछ।
प्रतियोगिताको समूह ए को विजेता र समूह सीको विजेताबीच वैशाख ३० गते सेमिफाइनल पहिलो खेल हुनेछ भने समूह बीको विजेता र समूह डीको विजेताबीच वैशाख ३० गते दोस्रो सेमीफाइनल खेल हुनेछ।
सेमिफाइनल पहिलो खेलको विजेता र सेमिफाइनल दोस्रो खेलको विजेता बीचको फाइनल खेल जेठ ३ गते दिउँसो ३ बजे हुनेछ।
आज सुरु भएको खेलको उद्घाटन नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले गरेका हुन् भने समापन तथा पुरस्कार वितरण नेपाली कांग्रेसका महामन्त्री पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले गर्नेछन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ