ललितपुर, २० बैशाख : 'सीता जन्ती' को अवसरमा मैथिली 'अर्चनाकृत रामायण' की लेखिका एंव पत्रकार अर्चना झालाई मन्त्रीद्वारा 'सीता' उपाधि सहित सम्मान गरिएको हो ।
मिथिला संस्कृति समाजले यस वर्ष मैथिली 'अर्चनाकृत रामायण' की लेखिका साहित्यकार एवं राष्ट्रिय समाचार समितिका पत्रकार अर्चना झा तथा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेद्वारा सम्मानित गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो
मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उहाँले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुुभयो, “सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उहाँले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताउनुभयो ।
मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन, संस्थाप्रति योगदान दिनेहरूलाई सम्मान तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ