काठमाडौं : सुदूरपश्चिम प्रदेशले फेरि एकपटक सांगीतिक क्षेत्रमा देशव्यापी चर्चा कमाएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–४ का २२ वर्षीय गायक आशिष चन्द (असीम) नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ को ग्राण्ड फिनालेमा प्रवेश गर्न सफल भएका छन्। उनकाे यो यात्राले सुदूरपश्चिमको सांगीतिक क्षमतालाई राष्ट्रिय मञ्चमा पुनः स्थापित गरिदिएको छ।
सानैदेखि गायनमा रुचि राख्दै आएका असीमको मिठो स्वर र आत्मविश्वासपूर्ण प्रस्तुति यसअघि पनि ‘द भ्वाइस नेपाल’ मा दर्शक र निर्णायकको मन जितिसकेको थियो। वि.सं. २०६० साल कार्तिक २० गते जन्मिएका असीमले ‘सिङ्गिङ स्टार नेपाल’ मा दिएको दमदार प्रस्तुति मार्फत दर्शकलाई फेरि एकपटक मन्त्रमुग्ध बनाएका छन्।
कक्षा ४ बाटै गायन यात्राको सुरुआत गरेका असीमले सुदूरपश्चिमका युवाहरूमाझ प्रेरणाको स्रोत बनेका छन्। राष्ट्रिय स्तरको ग्राण्ड फिनालेमा स्थान सुरक्षित गरेसँगै उनले सम्पूर्ण सुदूरपश्चिमबासी र देशभरका दर्शकलाई आफूलाई भोट गरेर साथ दिन आग्रह गरेका छन्।

उनको समर्थनमा भोटिङ प्रक्रिया आइतबार राति १०:३० बजेदेखि सुरु भई जेठ ३ गते राति ८ बजेसम्म सञ्चालन हुनेछ।
‘भ्वाइस अफ नेपाल’ मा ब्याटल राउण्डसम्म यात्रा तय गरेका असीमले ‘सिङ्गिङ स्टार’ मा देखाएको प्रगति सुदूरपश्चिमका युवाहरूका लागि सांगीतिक क्षेत्रमा नयाँ सम्भावना र आशाको ढोका बनेको छ। कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्मको यो दूरीले स्थानीय प्रतिभाले पनि मुलुकभर चम्किन सक्ने प्रमाण प्रस्तुत गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ