४ जेष्ठ , विर्तामोड ,उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले हात पार्न सफल भएका छन्।
पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जीत निकाली ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उपाधि जितेका हुन्।
एक खेलमा हार व्यहोरेका चौलागाईंले महत्त्वपूर्ण फाइनल खेलमा खोटाङका धिरेन राईलाई पराजित गरे। उपाधि सँगै उनले आकर्षक ट्रफि सहित नगद पुरस्कार ५१ हजार प्राप्त गरेका छन्।
स्पर्धामा फिडे मास्टर रुपेश जैशवालले समान ८ अंक नै जोडे पनि चौलागाईंसंग प्रोग्रेसिभ अंकको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहे।
नेपाल च्याम्पियन रुपेशले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई निकै कठिन खेलमा पन्छाउदै नगद ३५ हजार पुरस्कार पाउन सफल भए।
प्रतिस्पर्धामा ३० हजार नगद पुरस्कार पाउन सफल भएका सिएम नवीन तण्डुकार तेस्रो स्थानमा रहे। पूर्व नेपाल च्याम्पियनले नवौं चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई हराएका थिए।
अन्तिम चरणको खेलमा पुरुषोत्तमसंग हार खेपेका धिरेन राई चौथो स्थान ओगट्दै नगद २५ हजार पुरस्कार प्राप्त गरेका छन्।
आयोजक बिर्तामोड चेस क्लबका ज्वाला इम्बुङ पाँचौ स्थानमा रहेर नगद २० हजार लिए भने छैटौंमा रहेका ललितपुरका राजन पुरीले १५ हजार र सातौ स्थानमा रहेका पुर्व नेपाल च्याम्पियन राजन सुबेदीले १४ हजार नगद पाउन सफल
भए।
त्यसैगरी आठौं देखि दशौंसम्म सुनसरीका राजेन्द्र राई रु. १३ हजार, मुहान नर्सिङ श्रेष्ठ रु. १२ हजार र मोरङका निलम बस्नेतले रु.११ हजार प्राप्त गरे ।
यस्तै सुजन काफ्ले रु. १० हजार, चुडामणी कुलुङ राई रु. ८ हजार , किरण लिम्बू रु. ७ हजार , अबिरल राई र सुरज रोय क्रमश: पन्ध्रौं हुँदै समान नगद रु.६ हजार हात पारेका छन्।
प्रतियोगितामा विधागत तर्फ नव प्रवेशी जीवन राई, सिनियरमा वसन्त लामा, महिला कृतिसारा अधिकारी, झापा जिल्ला राज लिम्बू, रेटिङ १६ सयमा डा. सन्तोष प्रसाद साह, १८ सयमा विनय थापा, युवा १४ कृष्णप्रसाद भारती, युवा १८ सम्यक श्रेष्ठ उत्कृष्ट बने।
स्थानीय तर्फ विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बू , महिलामा विनिता राई , स्कुल तर्फ आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा , प्रदेश तर्फ विश्वविजय घिमिरे, अनुशासित हरिकुमार गुरुङ, फरक क्षमतामा लक्ष्मीप्रसाद कन्दङ्वा उत्कृष्ट बन्दै नगद पुरस्कार प्राप्त गरेका छन्।
कूल ३३ जना उत्कृष्ट जम्मा नगद रु. ३ लाख ३५ हजार ५ सय प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईं , हेराकाजी महर्जनले पुरस्कार वितरण गरेका छन्।
समापन तथा पुरस्कार वितरण समारोहमा प्रायोजक किरात याक्थुक चुम्लुङका भिममाया नेम्वाङ, जिल्ला सचिव हिमालय कन्दङ्वा, नगर अध्यक्ष समेतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ