रामेछाप, दोरम्बा वादो कराँते डोजोको आयोजनामा, दोरम्बा शैलुङ गाउँपालिका–५ को सहकार्य र IWFN कराँते डो संघ जिल्ला कार्यसमितिको समन्वयमा आयोजित वादो कप रामेछाप जिल्ला स्तरीय कराँते प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त प्रतियोगिताको उद्घाटन जेठ ३० गते दोरम्बा शैलुङको गुराँसे कवाड हलमा गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले गरेका थिए। प्रतियोगितामा विभिन्न डोजो र विद्यालयका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतिस्पर्धात्मक खेलमा मन्थली माविले ७ स्वर्ण, ४ रजत, ८ कास्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो। कन्ठेश्वर माविले ४ स्वर्ण, ६ रजत, १० कास्यसहित दोश्रो स्थान र सेती देवी माविले ४ स्वर्ण, ३ रजत, १ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पुरुष तर्फ सेती देवी माविका विपद थापा मगर र महिला तर्फ मन्थली माविकी आकृति सेवाले प्राप्त गरे।
कार्यक्रमको समापन दोरम्बा गाउँपालिका–५ का वडा अध्यक्ष गंगा बहादुर तामाङ, वडा नं ७ का प्रवीण मोक्तान, IWFN कराँते डो संघका केन्द्रीय महासचिव तथा प्रमुख प्रशिक्षक बुद्ध राज नेगी, स्थानीय संघ–संस्थाका प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको हो।
दोरम्बा वादो कराँते डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ज्ञान बहादुर थापा मगरले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ