हेटौंडा,हेटौंडा चेस क्लबद्वारा आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पाँचजना विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्।
मकवानपुर मल्टिपल क्याम्पस हेटौंडामा दुई दिन सम्पन्न ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका विद्यार्थी कृतार्थ ढोडारी ७ अङ्क प्राप्त गर्दै पहिलो स्थान हात पार्न सफल भएका छन्।
कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु सदन विद्यालयका नाइस लामालाई पराजित गर्दै डाइरेक्ट इन्काउन्टर विधि मार्फत द्वितीय स्थानमा रहन बाध्य बनाएका थिए। कृतार्थले पहिलो स्थान प्राप्त गर्दै १ वर्षको पूर्ण छात्रवृद्धि पुरस्कार प्राप्त गर्न सक्षम भएका छन्।
नवोदय शिशु सदन विद्यालयका नाइस लामा समान ७ अङ्क जोडेर द्वितीय स्थानमा रहँदै ६ महिनाको छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन्
प्रतिस्पर्धामा एकल ६.५ अङ्क बनाउँदै नवोदय शिशु सदन विद्यालयका सरल मैनाली तेस्रो स्थानमा रहदै ३ महिनाको छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन्।
यस्तै ज्ञान दीप शिक्षा निकै तन्का विषम कोइरालाले ६ अङ्क प्रोग्रेसिभ ३० प्वाइन्टका आधारमा चौथो स्थानमा रहँदै एक महिनाको छात्रवृत्ति पुरस्कार हात पार्न सफल भएका छन्।
यसैगरी नवोदय शिशु सदन विद्यालयका श्रीस कर्मचारीले ६ अङ्क प्रोग्रेसिभ २५ प्वाइन्टका आधारमा पाँचौं स्थान हासिल गर्दै एक महिने छात्रवृत्ति पुरस्कार पाउन सफल भएका छन्।
दुई दिन चलेको सेमी क्लासिकल खेलमा ६६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो भने विजयी खेलाडीहरूलाई कूल २ लाख नगद बराबरको छात्रवृत्ति पुरस्कार वितरण गरिएको छ।
शनिबार सम्पन्न समापन तथा पुरस्कार वितरण
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सूर्य बहादुर दाहालले विजयी खेलाडीहरुलाई छात्रवृत्ति पुरस्कार वितरण गरेका छन्।
हेटौडा चेस क्लबका महासचिव किसन घिसिङले सञ्चालन गरेको कार्यक्रममा आगामी वर्ष थप छात्रवृत्ति पुरस्कार सहित दोस्रो संस्करणको खेल आयोजना गर्ने सभाअध्यक्ष धरमबहादुर लामाले जानकारी गराएका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ