जापान,गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले सन् २०२३–२०२५ को कार्यकालमा गुन्मा क्षेत्रीय समितिका संयोजकको रूपमा सफलता पूर्वक नेतृत्व प्रदान गरेका थिए।
संयोजक पदमा कार्यरत रहँदा मियाले गुन्मा क्षेत्रलाई सामाजिक, सांस्कृतिक र संस्थागत दृष्टिले सक्रिय बनाउँदै समुदायमा एकता, समन्वय र सहभागिता बलियो बनाउन उल्लेखनीय योगदान दिएका थिए। विशेषगरी सदस्यता विस्तार अभियानमा उनको नेतृत्व अत्यन्त प्रभावकारी रह्यो, जसअन्तर्गत सदस्य संख्या अघिल्ला कार्यकालको तुलनामा पाँच गुणाले वृद्धि भएको थियो।
उम्मेदवारी घोषणा गर्दै मियाले भने :“NRNA जापानलाई अझ पारदर्शी, उत्तरदायी र क्षेत्रीय समिति अनुकूल बनाउनु मेरो उद्देश्य हो। सह-कोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थाभित्र पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर पनि हो।”
गुन्मा क्षेत्रमै इमान्दार छवि, जनप्रिय र व्यवस्थापन क्षमताका लागि चिनिएका मियाको उम्मेदवारीले NRNA जापानमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिताको प्रत्याभूति हुने अपेक्षा ग
रिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ