मधेस । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
सोमबार बसेको मधेश प्रदेश सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो ।
मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि प्रमुख प्रतिपक्षले बजेटमा बिचोलीया हावी भएको भन्दै बजेट पुनरलेखन गर्नु पर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आजको बैठकमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालसहित प्रमुख प्रतिपक्षमा रहेका ६ दलका सांसदले अर्थमन्त्रीको राजिनामा माग गर्दै बैठक बहिष्कार गरेका थिए । जनता समाजवादी पार्टी नेपालका सांसद एव पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक, सांसदलाई वितरण गरेको रेडबुक र सूचना प्रणालीमा लक भएको रेडबुकमा फरक देखिएको भन्दै आर्थिक अपराधको संज्ञा दिएका थिए ।
सरकारले ४६१ पृष्ठको रेडबुक संसद्मा प्रस्तुत गरी सांसदलाई वितरण गरेकोमा सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक देखिएपछि उनले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै आजको बैठकबाट बाहिर निस्किएका थिए ।
प्रमुख प्रतिपक्ष बैठक बाट बाहिरिएपनि अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए ।
मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ