ललितपुर, रोटरी क्लब अफ सैंबु भैंसेपाटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भैंसेपाटी उपशाखाले साथ दिएको थियो। रोटरीद्धारा आयोजित रक्तदान कार्यक्रममा ८० जना भन्दा बढीको रगत संकलन भएको रोटरी क्लब अफ सैंबु भैंसेपाटीका अध्यक्ष निरु खड्काले बताइन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिकको सहयोगमा भैंसेपाटीमा आयोजित रक्तदान कार्यक्रममा रोटरी क्लब अफ सैंबु भैंसेपाटीका पदाधिकारीहरु, नेपाल रेडक्रस सोसाइटी भैंसेपाटी उपशाखाका पदाधिकारी, नेपाल प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी, स्थानीय व्यक्तिहरुले रक्तदान गरेका थिए । कोभिड-१९ का कारण देशैभरि रगत अभाव भएको भन्दै यस्तो विषम परिस्थितिमा पनि बाँचौ र बचाऔँ भन्ने अभिप्रायले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खड्काले बताइन्।रोटरीले यस्तो अवस्थाका बाबजुद पनि कार्यक्रम उपस्थित भएर रक्तदान गर्नुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गरेको छ। साथै अध्यक्ष खड्काले आगामी दिनमा पनि रोटरी क्लब अफ सैंबु भैंसेपाटी र विभिन्न क्लब संघसंस्थासंगको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रक्तदान कार्यक्रमहरु गर्ने बताइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल