सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

सुजाता केसीको ‘सासुको तीज’ सार्वजनिक, तीन दिनमै २ लाख ५० हजार भ्युज

प्रकाशित समय: मगलवार, ०७ : ३५ बजे श्रावण ७ गते



सुजाता केसीको ‘सासुको तीज’ सार्वजनिक, तीन दिनमै २ लाख ५० हजार भ्युज

काठमाडौं ,चर्चित लोक तथा आधुनिक गायिका सुजाता केसीको नयाँ तीज गीत ‘सासुको तीज’ सार्वजनिक भएको छ। तीन दिनअघि मात्रै उनको आफ्नै युट्युब च्यानल ‘Sujata KC’ मार्फत रिलिज गरिएको उक्त गीतले अहिले सम्म २ लाख ५० हजारभन्दा बढी दर्शकको साथ पाइसकेको छ।

 

सुशील शर्माको प्रस्तुति रहेको यस गीतमा सुजाता केसीसँगै एलिना चौहान, गौरी मल्ल, दिपा शाही र जीवी चिरणको पनि साथ रहेको छ। गीतको भिडियोमा गौरी मल्ल, जीबी चिरन, दिपा शाही, दिपेन्द्र कार्की र जुना भण्डारीसमेत आकर्षक अभिनय देख्न सकिन्छ।

 

गायिका केसीले हरेक वर्षको तीजमा नयाँ गीत ल्याएर चर्चा कमाउँदै आएकी छन्। उनका ‘आलु तामाले’, ‘मुटुको आधा हौ तिमी’, ‘परदेशी च्याङ्बा दाई’, ‘तीजमा छमछमी’, ‘झमझम रुमालमा’, ‘पान मिठो चुनाले’, ‘राति राति फोन गर्ने’ जस्ता गीतहरू निकै लोकप्रिय छन्।

 

यस वर्षको तीजमा पनि गतवर्षका तीजहरूमा जस्तै ‘सासुको तीज’ गीतले दर्शक–श्रोतालाई लोभ्याउँदै तीज बजारमा धमाका मच्चाउने संकेत देखिएको छ।