काठमाडौँ,ओम बोलबम काँवरिया सङ्घको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाको चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्याली सम्पन्न भएको छ।
भक्तिभाव, अनुशासन र शिव महिमा प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त र्यालीको उद्घाटन डि.डि.आई. बैंक्वेट, बुद्धनगर काठमाडौँ–१० मा सङ्घका अध्यक्ष राम औतार पण्डित र नेपाली कांग्रेसका पूर्व वन तथा वातावरण मन्त्री शंकर भण्डारीले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहमा मन्तव्य दिँदै प्रमुख अतिथि भण्डारीले मोटरसाइकल र्याली भौतिक यात्रासँगै धार्मिक जागरण, सामाजिक एकता र सनातन संस्कृतिप्रति श्रद्धा जगाउने अभियान भएको बताए। उनले यो र्यालीले पहाड र तराईबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख गरेका छन्।
सङ्घका सचिव मुकेश कुमार झाले जानकारी गराउँदा अनुसार यही साउन १८ गते आइतबारदेखि १९ गते सोमबारसम्म सलम्बुदेवी मन्दिर परिसरबाट काँवर यात्रा औपचारिक रूपमा सुरु हुनेछ। नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ काँवरिया भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।
सोमबार बिहान सालीनदीको मुहानबाट पवित्र जल लिएर भक्तजनहरूले पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।
काँवर यात्राका सहभागीहरूका लागि १८ गते निःशुल्क भोजन, आवास, यातायात तथा स्वास्थ्य सेवा पनि उपलब्ध गराइने जानकारी सचिव झाले दिएका छन्। साथै, त्यही दिन विविध भक्तिमय प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने बताइएको छ।
काँवर यात्रालाई व्यवस्थित, अनुशासित र भक्तिभावयुक्त बनाउने उद्देश्यसहित ओम बोलबम काँवरिया सङ्घले सबै भक्तजनलाई सहकार्य र सहभागिताका लागि अनुरोध गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ